काठमाडौँ । बुधवार शेयर बजार घटेको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेको हो । बजार बन्द हुँदा नेप्से ०.१९ प्रतिशतले घटेर परिसूचक २५६१ विन्दुमा पुगेको छ ।बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।
मंगलवार ४ अर्ब बढीको कारोबार भएकोमा आज नेप्से घटेसँगै कारोबार रकम ३ अर्बमा आएको छ । आज दिनभरमा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३८ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ६२६ पटक शेयर किनबेच भएको छ ।
आज बजार घटे पनि ८ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढेको छ भने अन्य १० समूह घटेको छ । –न्युज एजेन्सी नेपाल
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्