Skip to content

एनआईसीका जयन्द्रलाई प्रश्न- ‘कोहि रक्सी खाएर बैंकमा हङ्गामा गर्ने, कोहि कर्मचारी लिएर डेटिङ्ग जाने, बैंकभित्र के हुँदैछ ?’

nmb bank inside

काठमाडौँ । यति बेला काण्ड नै काण्डको बैंक भनेर बदनाम बनेको एनआईसी एशिया आर्थिक रुपमा पनि निकै कमजोर बनिरहेको छ । बैंक लगभग डुबाएर रोशन न्यौपानेले बैंक छोडेका छन् भने बैंकमा नयाँ सीइओको रुपमा सुजित शाक्य आएका छन् । तर, सुजित शाक्य सीइओ भए पनि बैंक जयन्द्र रावलले चलाउँछन्, अझ सीइओ नै जयन्द्रले चलाउँछन् भन्ने चर्चा छ । उनै रावलसँग हामीले बैंक भित्रका बेथितिका कुराबारे प्रश्न गरेका छौँ ।

१. यौन दुर्व्यवहारका आरोपितलाई कम्पनी सचिवबाट हटाउनुभएछ । दिपेन कार्कीलाई कम्पनी सचिवबाट नै निकालेको हो कि, बैंकबाट नै बर्खास्त गरेको ?
-उहाँलाई कम्पनी सचिवको जिम्मेवारीबाट मात्र हटाइएको हो । उहाँको ठाउँमा कमल खड्का अव कम्पनी सचिव हुनुहुन्छ ।

२. अनि यौन दुर्व्यवहारका आरोपितलाई बैंकमा राखिरहनु पनि ठिक भयो त ?
– त्यो विषयमा नै मलाई थाहा छैन । मैले पनि कता कता समाचारतिर पढेको हो ।

३. उनले कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको भनेर जेल पनि परिसकेको विषय तपाईंलाई थाहा नहुने भन्ने हुन्छ र ?
-कसले कुन विभाग वा के विषय हेर्ने भन्ने हुन्छ नि । मलाई त्यो विषयमा जानकारी नै छैन ।

४. अनि अर्जुन खनियाँलाई चाहिं बैंकबाटै निकालेको हो कि सूचना अघिकारीबाट नै हटाएको हो ?
-उहाँ बैंकमै हुनुहुन्छ । उहाँले बैंक छोड्नुभएको छैन ।

५. अनि कहिले कर्मचारी रक्सी खाएर बैंकभित्रै तास खेल्ने, कहिले हाकिम कर्मचारीलाई लिएर डेटिङ्ग जाने, एनआईसी एशिया भित्र के हुँदैछ ?
-त्यस्तो गलत काम गर्नेलाई हामीले कारवाही गरिसकेका छौँ । अव यस्तो नहोस भनेर सचेत छौँ ।

६. सुजित शाक्य डमी सीइओमात्र हुन्, तपाईंले उहाँलाई चलाउनुहुन्छ भन्ने चर्चा छ नि, रियलमा बैंकको सीइओ तपाईं हो कि सुजित शाक्य हो ?
-बैंकको सीइओ सुजित शाक्य हुनुहुन्छ । उहाँ लामो समय काम गरेको अनुभवी बैंकर हुनुहुन्छ । हुन त मेरो पनि अनुभव राम्रै छ । तर तपाईंले जे सोध्नुभयो, त्यो हल्ला हो । अव यो हल्लालाई दुखको कुरा भन्ने कि सुखको कुरा भन्ने नै थाहा भएन मलाई त ।

७. तपाईंकै जोडबलमा उहाँ (सुजित शाक्य) लाई सीइओ बनाएर ल्याइएको भन्ने कुरा छ नि त ?
-त्यस्तो हुन्थ्यो भने त म आफैं डेपुटी सीइओ भइहाल्थ्यें नि सर, असिष्टेन्ट सीइओ भएकै ५ बर्ष भईसक्यो ।

८. तपाईंले स्टाफलाई ‘बैंकको सीइओ म हो, निहुँ खोज्ने सबलाई तह लगाउँछु भन्दै हिड्नु भएको छ भन्ने आरोप छ नि, कुरा के हो ?
त्यो पूरै गलत हो । त्यसरी कसैलाई भनेको छैन ।

९. तपाईंले ‘कम हेण्डसम’ देखिएँ भनेर वेव साइटमा फोटो नै परिवर्तन गर्न लगाउनुभयो भन्ने कुरा कर्मचारीबाट थाहा पाइयो ?
होइन, होइन, फोटो पूरानो भएर परिवर्तन गरेको हो ।

१०. बैंकमा कर्मचारीहरुको तलव बढेन भन्ने गुनासो छ, कहिले बढ्छ तलव ?
बढिरहेकै छ नि । नियम अनुसार बढीहाल्छ नि । प्रमोसन र तलव बढ्ने काम नियमित हुन्छ, भईरहेकै छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्