Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडाैँ । साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो। यो गिरावट सँगै नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन बिहिबार सुन प्रतितोला २  लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले घटेको छ। सो गिरावट सँगै आज चाँदी प्रतितोला ३१ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्