Skip to content

बेस रेटमै कर्जा दिने भएपछि एनआईसी एशियासँग सेयर लगानीकर्ता मख्ख, बजार बढाउने आशा

nmb bank inside

काठमाडौं । एनआईसी एशिया बैंकले आधार दरमै सेयर कर्जा दिने भएपछि सेयर लगानीकर्ता मख्ख परेका छन् । सस्तोमै सेयर कर्जा पाइने भनेर एकाथरी सेयर लगानीकर्ताहरु मख्ख परेका छन् भने अर्कातर्फ छोटो समयका लागि मात्र कारोबार गर्ने कारोबारीहरु पनि अव सेयर बजारका ठुला लगानीकर्ताले सेयर किन्न कर्जा लिने र त्यसले सेयर बजार बढाउन सहयोग गर्ने भन्दै सेयर लगानीकर्ताहरु मख्ख परेका हुन् ।

बैंकका अनुसार यो योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले यो योजनाले सेयर बजारमा सक्रिय लगानीकर्तालाई थप सहजता प्रदान गर्ने र वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरेको छ ।

केहि समय अगाडी एनआईसी एशियाले ल्याएको यस्तै स्किमपछि सेयर बजार बढेको थियो । यसपाली पनि त्यस्तै हुन सक्ने भन्दै लगानीकर्ताहरु उत्साहित भएका छन् ।बैंकमा आएका नयाँ सीइओ कर्जा विस्तारमा आक्रामक देखिएका छन् । पूराना कर्जामा समस्या भएको स्थिति र बैंकमा पैसा पनि भएको स्थितिमा सेयर कर्जालाई प्राथमिकता दिँदा बैंकलाई दोहोरो फाइदा हुने देखेपछि बैंक यस्तो कर्जामा आक्रामक बनेको हो ।

बैंकले केहि दिन अगाडी बैंकका विवादित पात्रहरुलाई विभिन्न जिम्मेवारीबाट हटाएकोसमेत थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्