Skip to content

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

nmb bank inside

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ ।आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए । विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशब्यापी आन्दोलनको घोषणा गरेका प्रसाईँलाई प्रहरीले निजको निवासबाटै पक्राउ गरेको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्