Skip to content
nabil bank inside

नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ। सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ ।आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यसदिन निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको शेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशत ९.५१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर कारोबार सबैभन्दा धेरै भएको छ ।

यसदिन १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्