Skip to content
nabil bank inside

प्रभुका कार्यवहाक सीइओ लम्साललाई पनि पक्राउ गर्ने प्रहरीको तयारीपछि अनुनय गर्न सीआईबी पुगे संचालक, भयो यस्तो छलफल !

nmb bank inside
काठमाडौँ । प्रभु बैंकका कार्यवहाक सीइओ पनि विभिन्न फाइलमा मुछिएको पाइएको छ । बैंकको सिनियर कर्मचारीका रुपमा उनले विभिन्न फाइलमा सहि गरेको भेटिएपछि उनी पनि पक्राउ पर्ने सम्भावना रहेको भन्दै स्वयम् संचालक राष्ट्र बैंक पुगेपछि यस्तो तथ्य बाहिरिएको हो ।
सीआईबीले अनुसन्धान गरिरहेको जानकी मेडिकल कलेजको फाइलमा उनको शंकास्पद भूमिका देखिएको र अन्य फाइलमा पनि उनी तानिन सक्ने देखिएकोले उनी जुनसुकै बेला पक्राउ पर्नसक्ने भन्दै संचालकले सहयोग गरिदिन राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
सोमबार दिउँसो ३ बजे राष्ट्र बैंकले बैंकका अध्यक्ष किशोरजंग कार्कीलाई बोलाएको थियो । सो क्रममा कार्कीले लम्साललाई पनि पक्राउ गर्ने कुरा सुनेको र यसले बैंकलाई अफ्ट्यारो पर्न सक्ने भन्दै सक्रिय भईदिन राष्ट्र बैंकका अधिकारीहरुलाई अनुरोघ गरेको राष्ट्र बैंक स्रोतको दाबी छ । जवाफमा राष्ट्र बैंकका अधिकारीहरुले आफुहरुले सीआईबीमा भन्नुपर्ने कुरा भनिसकेकाले अव अनुसन्धानको प्रक्रिया चलिरहेकाले थप जोडबल नगर्ने बताएका थिए ।
यता , बैंकका संचालकहरु लम्सालको विषयलाई लिएर सीआईबीसमेत पुगेको बैंकका एक संचालकले पुष्टी गरेका छन् । ‘हामीले आवश्यक अनुसन्धान गर्न लम्सालजीलाई कुनै पनि बेला ल्याईदिन्छौँ, बैंकमै आए पनि हुन्छ । तर, पक्राउ गरेर बैंकलाई थप अफ्ट्यारो नपारिदिनुहोस् भनेका छौँ । प्रहरी साथीहरुले हुन्छ भन्नुभएको छ ।’ ती संचालकले भने, ‘निरजजी लामो समय सीइओ रहनुहुन्न । अरु नै कोहि ल्याउने तयारी गरेका छौँ ।’
यस विषयमा लम्सालको भनाई लिन हामीले उनलाई सम्पर्क गरेका थियौँ । तर, उनी सम्पर्कमा नै आएनन् । बैंकका सूचना अधिकारी रबिन्द्र ढकालले आइतबारदेखि नै फोन उठाउन छोडेका छन् ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्