काठमाडौँ । प्रभु बैंक लिमिटेड अहिले अफ्ट्यारो अवस्थामा छ । बैंक जुनसुकै बेला जे पनि हुन सक्ने पीरले लगातार बैठकहरु चलिरहेका छन् । सोमबार पनि बिहान ८ बजे र बेलुकी ५ बजे गरेर दुई पटक बैठक बसेको छ । तर यस्तो गाह्रो अवस्थामा पनि बैठकको सूचना भने बाहिर लिक भएको पाइएको छ ।
यसअघि यसरी सूचना लिक गर्ने काम मणिराम पोखरेलले गर्ने गरेका थिए । तर उनी जेलमा हुँदा पनि केहि सूचनाहरु बाहिर लिक भएको पाइएको छ । यतिसम्मकि बैंक भित्र कति बजे के भयो र कसले के भन्यो लगायतका विषय पनि बाहिरिएका छन् ।
यस विषयमा गम्भीर हुनुपर्ने भन्दै बैंकका अध्यक्ष किशोर जंग कार्की र बैंकका सीइओ निरज लम्सालबीच सोमबार छलफलसमेत भएको छ । दुवै जनाले सूचना अधिकारी रविन्द्र ढकालको भूमिका शंकास्पद रहेको भनेका छन् ।
सूचना अधिकारी ढकाल आइतबारदेखि सम्पर्कबाहिर छन् । जवकि सत्य तथ्य सूचना दिएर उनले बैंकलाई सहयोग गर्नुपर्ने बेला यही हो । तर उनले नै फोन नउठाउँदा अनेक शंका उपशंकाहरु उब्जिएका छन् ।
यस विषयमा बुझ्न आइतबारझैं हामीले सोमबार पनि उनलाई सम्पर्क गरेका थियौँ । तर, सोमबार पनि उनले हाम्रो फोन उठाएनन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्