Skip to content
nabil bank inside

प्रभु बैंक प्रकरणमा राष्ट्र बैंकको प्रष्ट सन्देश- ‘सीआईबीलाई अनुसन्धानमा हस्तक्षेप गर्दैनौँ’, बैंकर्स संघलाई पनि नबोल्न सुझाव

nmb bank inside

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंक प्रकरणमा सीआईबीलाई अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रष्ट सन्देश दिएको छ । यसअघि तत्कालीन बैंक अफ काठमान्डूका तत्कालीन सीइओ अजय श्रेष्ठ पक्राउ पर्दा राष्ट्र बैंकले सीआइबीका प्रमुखलाई पटक पटक भेटेर बैंकर पक्राउ नगर्न भनेको थियो । तर, यसपटक भने राष्ट्र बैंकले सीआईबीलाई अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रष्ट सन्देश दिएको छ ।

‘हामी बचाउन खोज्ने, बैंक भित्रकै सिनियर कर्मचारी प्रहरीलाई भेटेर कुरा लगाउने जस्तो देखियो ।’ राष्ट्र बैंकका एक संचालकले भने, ‘प्रहरी पनि राष्ट्र बैंकसँग रिसाएको नै जस्तो छ । त्यसैले सीआईबीलाई हस्तक्षेप नगर्ने भन्ने कुरा भएको छ । हेरौं, सीआईबीले कसरी अनुसन्धान गर्छ ।’

राष्ट्र बैंक बैंकहरुलाई नियमन गर्ने निकाय हो । यसअघि यस्ता प्रकरणहरुमा राष्ट्र बैंक कडा रुपमा लाग्ने गरेको थियो । एनआईसी एशिया डुब्न लागेको हल्ला चलेका बेला विज्ञप्ति नै जारी गरेको राष्ट्र बैंकले प्रभुको केसमा भने नबोल्ने अडान लिएपछि घटनाक्रम झन् पेचिलो बनेको छ ।

यो समाचार तयार गर्दासम्म राष्ट्र बैंक यस विषयमा औपचारिक रुपमा बोलेको छैन । राष्ट्र बैंकले बैंकर्स संघका अधिकारीहरुलाई पनि यो विषयमा सीआईबीसँग निहुँ नखोज्न सुझाव दिएका छन् । राष्ट्र बैंकको सुझावपछि बैंकर्स संघ पनि मौन बसेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्