काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा उम्मेद्वारी दिएका अशोक शेरचनले छोडेपछि निर्विरोध संघको अध्यक्ष बनेका सन्तोष कोइराला, उनै शेरचनलाई सीआईबीले पक्राउ गर्दा मौन बसेका छन् । सीआईबीको कामका विरुद्ध बोल्दा आफु पनि पक्राउ पर्ने डर भएपछि उनी नबोलेको बैंकर्स संघकै अधिकारीहरु बताउँछन् ।
‘यो बेला संघ बोलेन भन्ने तपाईंहरुको प्रश्न नै ठिक छैन । कसरी बोल्ने ? जो बोल्यो, उसैको फाइल खुल्ला भन्ने पीर छ । अध्यक्ष त झन् तनावमा छन् । खिसिक्क बोले, उनका कतिपय फाइल खुल्छन्, अनि के गर्नु ?’ एक बाणिज्य बैंकका सीइओले भने, ‘सीआईबीले कसको केस निकाल्न सक्दैन होला र ? एक बैंकका सीइओले त मलाई पनि समात्लाजस्तो छ भनेर संघमा अनुपचारिक रुपमा भनिसके । जो कोहिको फाइल खुल्न सक्छ, त्यसैले नबोलेकै ठिक छ ।’
ती बैंकरका अनुसार राष्ट्र बैंकका अधिकारीहरुले पनि प्रभु बैंक प्रकरणमा नबोल्न बैंकरहरुलाई सुझाव दिएका छन् । जो कोहि, जुनसुकै बेला पक्राउ पर्न सक्ने स्थितिमा नबोल्न उनीहरुले बैंकरहरुलाई सुझाव दिएका हुन् ।
सीआईबीमा आधा दर्जन बैंकका सीइओविरुद्ध अनेक उजुरी छन् । यहि कारण पनि बैंकरहरु बोल्न चाहिरहेका छैनन् ।
यसअघि बैंकर अजय श्रेष्ठ पक्राउ पर्दा बैंकर संघ निकै आक्रामक ढंगले बोलेको थियो भने सीआईबीको कामको चर्को विरोध पनि गरेको थियो । तर, अहिले भने स्थिति ठिक उल्टो भएको छ ।
यस विषयमा धारणा लिन कोइरालालाई फोन गर्दा उनी सम्पर्कमा नै आएनन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्