Skip to content
nabil bank inside

सीआईबी पुगेर बैंकर्स संघका प्रतिनिधिले भने, ‘अनुसन्धान छिटो सकाईदिनुस्’, सीआईबीले भन्यो, ‘कानुनबमोजिम हुन्छ’

nmb bank inside

काठमाडौँ । प्रभु बैंक प्रकरणमा मौन बसेको बात लागेपछि बैंकर्स संघको टोली आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पुगेर बैंकका सीइओ, डेपुटी सीइओ लगायतको केसमा भईरहेको अनुसन्धान छिटो सक्न आग्रह गरेका छन् । संघका तर्फबाट अध्यक्ष सन्तोष कोइराला, उपाध्यक्ष सुरेन्द्र रेग्मी र संघका सीइओ अनिल शर्मा पुगेर सीआईबीका प्रतिनिधिहरुसँग कुराकानी गरेका थिए ।

संघका तर्फबाट अध्यक्ष कोइरालाले बैंकका उच्च पदस्तहरु नै हिरासतमा पर्दा त्यसले गलत सन्देश दिएको भन्दै अनुसन्धान छिटो सक्न आग्रह गरे । जवाफमा सीआईबीका पदाधिकारीहरुले पनि आफुहरुले गरिरहेको अनुसन्धान गहन रुपमा हुने र थप कुरा कानुनबमोजिम हुने बताएका छन् ।

सीआईबीको जवाफपछि बैंकर्स संघका पदाधिकारीहरु ‘सकेको छिटो गरिदिनुहोला, अरु त हामीले के नै भन्न सक्छौँ र ? भनेर फर्किएका थिए ।

सीआईबीले खासै भाउ नदिएपछि बैंकर्स संघको टोली राष्ट्र बैंकका गभर्नर भेट्न पुगेका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्