काठमाडौँ । प्रभु बैंक प्रकरणमा बैंकका उच्च पदस्तहरु नै पक्राउ परेपछि बैंकर्स संघका पदाधिकारीहरु सीआईबीका अधिकारीहरुलाई भेट्न गए पनि सीआईबीले कानुनअनुसार अनुसन्धान भईरहेको बताएर पठाएपछि टोली नेपाल राष्ट्र बैंकका पदाधिकारीहरुलाई भेट्न पुगेको छ । संघको टोली राष्ट्र बैंकका विभिन्न अधिकारीहरुसँग भेट्ने भन्दै राष्ट्र बैंक पुगेको हो ।
आजै राष्ट्र बैंकले पुन: बैंकका अध्यक्षसँग पनि छलफल गरेको थियो । छलफलमा राष्ट्र बैंकले बैंकको अहिलेको स्थितिबारे पनि खोजिनिधि गरेको थियो । यस विषयमा बैंकका अध्यक्षले राष्ट्र बैंकमा ब्रिफिङ गरेका थिए ।
यता प्रभुको माहोल आज पनि उस्तै पट्यारलाग्दो देखिएको छ । डिपोजिट र विथड्रबारे निरन्तर रिपोर्टिङ गर्ने काम भईरहेको छ । विथड्रको रफ्तार कम भए पनि, रोकिएको भने छैन ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्