Skip to content
nabil bank inside

प्रभु प्रकरण: दुई जना कारागार चलान

nmb bank inside

काठमाडौँ । प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवी भट्टचन जोडिएको मुद्दामा दुई जना कारागार चलान भएका छन् ।  प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पुर्पक्षका लागि, र अर्का प्रतिवादी रामबाबुप्रसाद जयसवाल ७ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् ।

न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र अर्का एकलाई सात लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार प्रभु मनी ट्रान्सफरका अध्यक्ष भट्टचन, प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहित सात जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो । सो मुद्धामा प्रभु मनि ट्रान्सफरका नायब महाप्रबन्धक रामेश्वर सापकोटालाई पनि प्रतिवादी बनाइएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्