Skip to content

बिहिबार सार्वजनिक बिदा, शेयर बजारपनि बन्द

nmb bank inside

काठमाडौँ। बिहिबार सार्वजनिक बिदा हुने भएको छ। भोलि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो।

यसै पर्वको अवसरमा सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार पनि बन्द रहेछन् । अब शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

सोहिदिनलाई किरात समुदायले उधौली पर्व मनाउँदै आइरहेका छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्