काठमाडौँ । बैंकर्स संघको साधारणसभामा संघका अध्यक्ष सन्तोष कोइराला सीइओ भएको बैंक माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो सम्मानित भएका छन् । संघले प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसपटक भने अध्यक्ष कोइरालाले आफ्नै पूर्व अध्यक्षलाई सम्मान दिलाएका हुन् ।
महतोलाई सम्मान गराउने विषयको प्रस्ताव संघमा आउँदा संघका अन्य अधिकारीहरु मुस्कुराएका थिए । अरु मुस्कुराए पनि, उनले सो निर्णय गराएका थिए र सोहि बमोजिम आज सामान दिए ।
आफ्नै पूर्व अध्यक्षलाई सम्मान दिलाएको विषय सार्वजनिक भएपछि महतो बिबादमा तानिएका छन् । कतिपयले त सम्मान नै नपाएको जसरी कोइरालाकै पालामा सम्मान नलिएको भए राम्रो हुन्थ्यो भन्ने टिप्पणी गरेका छन् । ‘महतोजी बैंकिङमा सम्मानित व्यक्ति हुन् भन्ने कुरामा कुनै शंका रहेन । तर कोइराला नै अध्यक्ष हुँदा सम्मान नलिएको भए हुन्थ्यो ।’ एक बाणिज्य बैंकका सीइओले भने, ‘हामीलाई पनि कता कता असहज भएको थियो ।’
संघले आज प्रभु बैंकका सीइओको ठाउँमा पनि सदस्यमा पनि नयाँ सीइओ नियुक्त गरेको छ । यतिबेला शेरचन प्रहरी हिरासतमा छन् । यस्तो बेला उनको पदमा अरु कोहि नियुक्त हुँदा गलत मेसेज जानसक्ने विषय ख्याल नगरी चलनका नाममा गलत काम भएको भन्दै बैंकरहरुले कानेखुसी गरेका थिए ।
उनै शेरचनले छोडेकै कारण कोइराला माछापुच्छ्रे बैंकको सीइओ भएका थिए ।
यस विषयमा बुझ्न खोज्दा कोइराला सम्पर्कमा नै आएनन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्