काठमाडौँ । प्रभु बैंक प्रकरणमा पक्राउ परेका सीइओ, डेपुटी सीइओ, र कर्जा अधिकृतसहितलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सीआईबीको माग बमोजिम उनीहरुलाई अदालतले थप ५ दिन अनुसन्धानका लागि म्याद थपेको हो ।
बिहीबार नै उनीहरुका लागि लिईएको अनुसन्धानको म्याद थपिएको थियो । तर, शुक्रबार ढिलोगरी उनीहरुलाई अदालत लगिएपछि अदालतले आइतबार विहान १० बजे बोलाएको थियो । आइतबार उनीहरुलाई ५ दिन म्याद थप गरिएको छ । यसरी गन्ती गर्दा शुक्रबारबाटै गन्ती हुने हुनाले, शुक्रबार, शनिबार र थप ३ दिन गरेर मंगलबारसम्म सो म्याद रहनेछ । अर्थात भोलि मंगलबार पुन म्याद थप नभए उनीहरु छुट्नेछन् ।
कर्मचारी भन्छन्- ‘अफिसमा लम्सालको दादागिरीले सिमा नाघिसक्यो’
यता प्रभु बैंकका कर्मचारीहरुले कार्यवाहक सिइओको जिम्मा पाएका निरज लम्सालको दादागिरीले कार्यालयमा सिमा नाघिसकेको दाबी गरेका छन् । ‘उहाँ प्रधानमन्त्री मेरो मान्छे हो, सीआईबीमा पनि मेरा मान्छे छन् भनेर धम्क्याउनुहुन्छ । परे म पनि जेल जान्छु, तर सबैजना जेल जाने सम्भावना छ भन्नुहुन्छ । सबैलाई थर्काउनुहुन्छ ।’ बैंकका एक सिनियर कर्मचारीले भने, ‘मिडियामा सूचना लैजाने को हो पत्ता लगाईसकें, त्यसलाई म सिध्याउँछु भन्नुहुन्छ ।’
ती सिनियर कर्मचारीका अनुसार अहिले रेनु पाण्डेलाई जोगाउन खोज्ने काममा पनि लम्साल लागेका छन् । पूर्व क्रेडिट हेड भएकाले पाण्डेले गलत फाइल सबैजसोमा हस्ताक्षर गर्न लगाएका छन् । प्रहरीले हाकिमहरुलाई पक्राउ गरेपछि भागेका पाण्डेलाई फोन परिवर्तन गराउने र अफिसमा आएर काम गराउने काममा पनि उनै लम्साल लागेका छन् । ‘लम्साल सरलाई पाण्डेको मात्र माया छ । अरु सबलाई सरुवाको धम्की दिईरहनुभएको छ । पाण्डे छाडेर सबैलाई निकाल्छु भन्ने धम्की दिईरहनुभएको छ ।’ ती सिनियर कर्मचारीले भने ।
यता लम्सालले पनि आफु प्रधानमन्त्रीको मान्छे भएको दाबी गरे । ‘प्रधानमन्त्रीज्यू मेरै आफन्त हुनुहुन्छ । तर म उहाँसम्म कुनै पनि काम लिएर गएको छैन ।’ अर्थ खबरसँग उनले भने ।
उनले मिडियामा बाहिर सूचना लैजाने कर्मचारीबारे आफु जानकार रहेको पनि दाबी गरे । यद्यपी आफुले कसैलाई पनि नधम्क्याएको दाबी उनले गरे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्