Skip to content
nabil bank inside

प्रभु बैंकका कामकाज ठप्प,कार्यवाहक सीइओले गर्न सकेनन् काम, नयाँ गुनासो अधिकृत नतोकिंदा समस्यामा ग्राहक ! 

nmb bank inside
काठमाडौँ । प्रभु बैंकका हाकिमहरुको हिरासत बसाई लम्बिदा बैंकको कामकाज ठप्प भएको छ । बैंकमा नयाँ कार्यवाहक सीइओ तोकिए पनि सीइओले कुनै पनि खालको काम नगर्दा बैंकको कामकाज ठप्प भएको हो ।
अहिले बैंकमा रिकभरी, लोन, लगायतका सबै काम ठप्प भएका छन् । नयाँ कर्जा प्रवाह भएको छैन । यतिसम्म कि सीइओको अप्रुभल अथोरिटीमा पर्ने कुनै पनि काम अगाडी बढेका छैनन् ।
बैंकका सिनियर कर्मचारीहरुका अनुसार कावा सीइओले कुनै पनि फाइलमा हस्ताक्षर गर्न मानेका छैनन् । उनी विहान आउने, मिटिङका नाममा कर्मचारी थर्काउने, दिउँसोभर बधाई खाने, बैंकिङसँग असम्बन्धित मान्छे भेट्ने र बेलुकी घर जाने गरिरहेका छन् ।
स्वयम् सीइओले पनि आफ्नो हातमा कुनै पनि अधिकार नआएकाले काम गर्न नसकेको स्वीकार गरेका छन् । ‘कार्यवाहक सीइओ त बनायो बोर्डले, तर हातमा अधिकार छैन । अधिकार नभए पछि कसरी काम गर्नु ?’ उनले अर्थ खबरसँग भने, ‘मेरो हातमा अधिकार नआएकोले केहि पनि काम भएको छैन ।’
 नयाँ गुनासो अधिकृत नतोकिंदा समस्यामा ग्राहक !
बैंकले गुनासो अधिकृतका रुपमा मनिराम पोखरेललाई तोकेको थियो । उनी प्रहरी हिरासतमा छन् र उनको फोन अफ छ । बैंकले वेवसाइटमा गुनासो अधिकृत भनेर अहिले पनि मनिरामलाई नै राखेको छ । जसका कारण, ग्राहकले गुनासो टिपाउन कसैलाई पनि सकेका छैनन् । बैंकले सूचना अधिकारी पनि फेरेको छैन । भएका सूचना अधिकारी रबिन्द्र ढकाल सूचना लुकाउने काम गरिरहेका छन् । उनले फोन नउठाएकै कारण कतिपय संचारमाध्यममा अपुष्ट र गलत समाचारहरु फैलिएका छन् ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्