Skip to content
nabil bank inside

महालक्ष्मी बिकास बैंक: ‘खाताबाट पैसा हराईरहन्छ, राष्ट्र बैंक सचेत गराईरहन्छ, बैंक अवार्डको खेतीमा रमाईरहन्छ’

nmb bank inside

काठमाडौँ । महालक्ष्मी बिकास बैंकको दार्चुला स्थित शाखाबाट केहि समय अघि मात्र करोडौं रुपैयाँ अपचलन भयो । रकम अपचलनको पुष्टी भएपछि बैंकका कर्मचारी पक्राउ परे । केहि अझै जेलमा छन् ।

यो त बाहिर आएका एउटा प्रतिनिधि उदाहरण मात्र हो, बैंकका विभिन्न शाखामा ग्राहकका खाताको रकम अपचलन भईरहेको छ ।

यसो त्, महालक्ष्मी बिकास बैंकमा हुने घोटाला प्रकरण, न यो पहिलो हो, न एक मात्र हो । बैंकमा यस्ता घोटालाका घटना भईरहन्छन् । सुन घोटाला प्रकरणमा त बैंक नम्बर १ नै छ भन्दा पनि फरक पर्दैन ।

एभरग्रिनिङ गर्ने मामला होस् वा, ऋण तिर्न नसक्नेलाई पनि ऋण दिने मामलामा होस् । महालाक्ष्मी सधैं अगाडी छ । सुन हराएपछि पैसा दिएर काण्ड मिलाउने, पैसा खर्च गरेर अवार्ड ल्याउने, मामलामा पनि महालक्ष्मी बिकास बैंक सधैं अघि छ । तर राष्ट्र बैंकले पटक पटक विभिन्न खालका सचेत गराउँदा पनि यो बैंकले टरेको छैन ।

केहि समय अघि मात्र इन्सपेक्सनका क्रममा सिएसआरका नाममा गलत काम भएको राष्ट्र बैंकले भेटेको थियो । यतिमात्र होइन, कागज नै नपुगी ऋण दिएको, ऋण असुलीमा ध्यान नदिएको, काम नै नसकेको बिलको पनि भुक्तानी गरेको लगायतका विषय पनि बैंकभित्र थुप्रै छन् । कतिपय विषय स्वयम् राष्ट्र बैंकले इन्सपेक्सनका क्रममा उजागर गरिदिएको छ भने, कतिपय विषय बैंकले भित्रभित्रै लुकाएको छ ।

तर यस्तो बिजोग स्थिति भएको बैंक अवार्ड खेतीमा भने हात धोएर लागेको छ । आफ्नो बिग्रिएको ब्राण्ड केहि हदसम्म पनि सुध्रिन्छ कि भन्ने आशले अहिले बैंकले बैंकका कर्मचारी बसन्त बस्कीलाई पाएसम्मका अवार्डका लागि अप्लाई गर्न निर्देशन दिएको छ । सोहि बमोजिम बैंकका कर्मचारी बसन्त बस्की अवार्डकै मात्र काम गरिरहेका छन् ।

बसन्त बस्की, तिनै व्यक्ति हुन्, जो बैंकका चिफ फाइनान्स अफिसर अनुज आचार्यसँग मिलेर गर्दै नगरेको कामको भुक्तानी गरेको विषयमा विवादित व्यक्ति हुन् ।

यस विषयमा बस्कीको धारणा लिन खोज्दा उनी सम्पर्कमा आएनन् भने सूचना अधिकारी अनुज आचार्यले फोन नै उठाएनन् ।

अव यो बेथिति रोक्न ढिलो भयो कि ? राष्ट्र बैंकले बेलैमा सोचोस् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्