Skip to content

बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्छु : हितेन्द्र देव शाक्य

nmb bank inside

काठमाडौँ।  नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्र देव शाक्य पुन विधुत प्राधिकरणमा फर्किएका छन्। सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै शाक्यले आफ्नो बाकि कार्यकाल सरकारसँग मिलेर काम गर्ने बताएका छन्।

प्राधिकरणको कार्यकारी निर्देशक भएकै कारण आफूमाथि आक्रमणमा परे पनि त्यसबाट नआत्तिएको र अन्तिममा आफुले न्याय पाएको शाक्यले बताएका छन्।शाक्यले आफ्नो कार्यकाल सम्ममा जनतालाई दिगो र भरपर्दो विद्युत् उपलब्ध गराउने विषयलाई प्राथमिकता दिने पनि बताएका छन्।

कुलमान घिसिङ्ग मन्त्रि भएपछी शाक्यलाई प्राधिकरणबाट जल तथा उर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। सरकारको सोहि निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले सरकारको सो निर्णय कानुनविपरीत भएको भन्दै सोमबार शाक्यको पक्षमा मुद्दाको सुनुवाई गरिदिएको थियो ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्