Skip to content

सहकारीका संचालकहरु दोहोरो पदमा बस्न नपाइने

nmb bank inside

काठमाडौँ । सहकारीका संचालकहरु दोहोरो पदमा बस्न नपाउने भएका छन्। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई एक भन्दा बढी पदको जिम्मेवारी नलिन निर्देशन दिएको हो।

विभागले सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।विभाग र सहकारी नियामक निकायहरूबाट जारी निर्देशन तथा मापदण्ड समेत पालना नगरी हाल केही व्यक्तिहरू दोहोरो सञ्चालकका रुपमा रहेको पाइएपछि यथाशीघ्र कानुनी प्रावधान कार्यान्वयन गर्न सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई निर्देशन जारी गरेको हो ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्