Skip to content

प्रभु बैंकका रेमिट्यान्स विभाग सुजिन शाक्य पक्राउ, रेनु पाण्डे एकाएक सम्पर्कविहीन !

nmb bank inside
काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन् । प्रभु बैंकका उच्च पदस्तहरु पक्राउ परेपछि कार्यालय नै नगई बसेका उनी बुधबार पक्राउ परेका हुन् । उनलाई ललितपुर महानगरपालिका ११ को ईखाँछेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको थप कसूरमा अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रभु बैंकलाई आठ करोड त्रियानब्बे लाख उन्नाइस हजार नौ सय छयासी रुपैया तीस पैसा हानी गरेको विषयमा उनीविरुद्ध अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
यता शाक्य समेत पक्राउ परेपछि रेनु पाण्डे एकाएक सम्पर्कविहीन भएका छन् । उनी तत्कालीन क्रेडिट हेड हुन् ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्