काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्वको जोडघटाउ सुरु भएको छ। यसै सन्दर्भमा, ‘इन्डिपेन्डेन्ट पोलिटिकल रिसर्च एजेन्सी’ ले गरेको एक ताजा सर्वेक्षणले कांग्रेस वृत्तमा नयाँ तरंग ल्याइदिएको छ।
एजेन्सीको अध्ययन अनुसार, कांग्रेसका युवा नेता नैनसिंह महर १५ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी हुने पक्कापक्की देखिएको छ। सर्वेक्षणले कांग्रेसको महामन्त्री पदका लागि उपलब्ध दुई सिटमध्ये एउटामा महरको जित करिब–करिब सुनिश्चित रहेको दाबी गरेको छ। विगत तीन वर्षदेखि निरन्तर संगठन निर्माण र कार्यकर्ता भेटघाटमा सक्रिय महरले पार्टी पंक्तिमा कमाएको विश्वासका कारण यो नतिजा देखिएको विश्लेषण गरिएको छ।
एक सिट ‘अनलक’, अर्कोका लागि दर्जनौं भिड्दै सर्वेक्षणको निष्कर्ष छ– नैनसिंह महरको बढ्दो लोकप्रियता र स्वीकार्यताले महामन्त्रीको एक सिट ‘अनलक’ (सुरक्षित) भइसकेको छ। अब महाधिवेशनमा केवल बाँकी रहेको अर्को एक सिटमा मात्र वास्तविक प्रतिस्पर्धा हुनेछ। एजेन्सीको प्रतिवेदन अनुसार महरको पक्षमा देखिएको अभूतपूर्व जनमतले अन्य आकांक्षीहरूलाई झट्का दिएको छ। “महरको सशक्त उपस्थितिका कारण अब महामन्त्रीका अन्य दर्जनौं आकांक्षीहरूले बाँकी रहेको एक सिटका लागि मात्र आफ्नो भाग्य आजमाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ,” विश्लेषणमा भनिएको छ।
तीन वर्षको मेहनत र युवा अनुहारको खोजी नेविसंघको राजनीतिबाट उदाएका महरले महामन्त्रीको तयारीलाई केवल महाधिवेशन केन्द्रित चुनावी एजेन्डा मात्र बनाएनन्। उनले विगत तीन वर्षदेखि देशव्यापी दौडाहा, कार्यकर्ताको घरदैलो र पार्टी संगठन सुदृढीकरणमा समय खर्चिए। रिपोर्टका अनुसार, पार्टीभित्र लामो समयदेखि खड्किएको ‘गतिशील र युवा नेतृत्व’ को रिक्तता महरले पूरा गर्ने विश्वास कार्यकर्तामा पलाएको छ।
उनको तार्किक क्षमता, बीपीको विचारमाथिको स्पष्ट पकड र भविष्यमुखी दृष्टिकोणले गर्दा युवादेखि पाका पुस्ताका नेताहरूको समेत समर्थन उनले जुटाउन सफल भएका छन्। को बन्ला महरसंगै अर्को महामन्त्री ? नैनसिंह महर एक बलियो र निर्विवाद दाबेदारका रूपमा उभिएपछि अब राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ “महरसंगै अर्को महामन्त्री को बन्ला ?” पार्टीभित्रको आन्तरिक समीकरण र गुटगत राजनीतिमा महरको यो ‘उदय’ ले गहिरो प्रभाव पार्ने देखिन्छ। महाधिवेशन नजिकिँदै गर्दा महरको पक्षमा देखिएको यो जनलहरले उनलाई कांग्रेसको भावी मुख्य नेतृत्वमध्ये एकका रूपमा स्थापित गरेको एजेन्सीको निष्कर्ष छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्