काठमाडौँ। किताब जात्रा कार्यक्रममा नाजिरले मिठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याएका छन्।बिहीबार किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा योजित किताब जात्रा कार्यक्रममा नाजिरले मिठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याएका हुन्।
बहु प्रतिभाशाली व्यक्ति नायक नाजिर हुसेनसँग अभिनयका साथै मिठो बाचन कला पनि छ। कार्यक्रममा उनले कवितामार्फत आमा र बुबाको सपनाको संगालो प्रस्तुत गरेका थिए। हाम्रो घरमा आमाजीको पुरानो थैली छ, पुरानो छ तर छ, फोटो एल्बममा, बुबाको काटेको स्याम स्वेयत थैली छ भन्दै उनी कवितामा पोखिएका थिए।
उनको मिठो कविता वाचन शैली र पार्स्वमा गुन्जिरहेको बासुरी तथा मादलको सुरिलो धुनले दर्शकको मन छोएको थियो। उनले आमाको न्यानो काख र कोखको बारेमा चर्चा पनि गरेका थिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्