Skip to content

प्रभु बैंक प्रकरण : काममा फर्कीए रश्मी र रेनु,  अरु ४ जना अफिस आउनै छाडे, डंगोल गाडी नै छाडेर सम्पर्कविहीन !

nmb bank inside

काठमाडौँ । प्रभु बैंक प्रकरणमा सीआईबीले बैंकका सीइओ, डेपुटी सीइओ, कर्जा अधिकृत, र रेमिट्यान्स प्रमुखलाई पक्राउ गरेपछि बैंकका अन्य कर्मचारीहरु पनि बैंक आउन छाडेको पाइएको छ । बैंकका रिस्क मेनेजर जयलाल न्यौपाने, सीइओ अफिसमा कार्यरत दिनेश डंगोल, बैंकका प्रोजेक्ट लोन प्रमुख दिपेश पोखरेल र रिटेल एसएमई कन्ट्री हेड सुनिल राना कार्यालय आउन छाडेका हुन् । उनीहरु जुनसुकै बेला आफुलाई प्रहरीले पक्राउ गर्ने डरले बैंक आउन छाडेका हुन् ।

यता सीइओ अफिसमा कार्यरत दिपेश डंगोल त आफुले चढ्दै आएको गाडीसमेत छाडेर सम्पर्कविहीन भएको पाइएको छ । उनले हाकिमहरु पक्राउ पर्दा छाडेको गाडी नै लिन आएका छैनन् ।

रश्मी र रेनु अफिस आउन थाले !
यता रश्मी पन्त भने कार्यालय आउन थालेकी छिन् । केहि दिन बैंकको सम्पर्कबाट बाहिर रहेकी उनी कार्यालय आउन थालेकी हुन् । उनले कार्यालयमा आउनेबित्तिकै एक इमेल लेखेर सबैलाई काममा ध्यान दिन भनेकी छिन् । तर इमेलमा कावा सीइओलाई नै सिसि नराखेको भन्दै उनलाई सीइओले सरुवा गरिदिने सम्भावना रहेको कर्मचारीहरु बताउँछन् ।

केहि दिन बैंकबाट सम्पर्कविहीन भएका रेनु पाण्डे पनि मोबाइल नम्बर परिवर्तन गरेर कार्यालय आउन थालेका छन् । उनले पूरानो फोनमा नचिनेको नम्बर उठाउनसमेत छाडेका छन् । उनी केहि दिन अघि देखि सम्पर्कविहीन थिए । तर सीइओ निरज लम्सालले ‘जेल जानु परे सँगै जाउँला’ भनेपछि पाण्डे कार्यालय आएको उनी निकटका हाकिम बताउँछन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्