Skip to content

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको छ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्