काठमाडौँ । सातको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक २६ सय तल झरेको छ। आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेड संस्थापक सेयरको भएको छ । यस कम्पनीको २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, सिटि होटल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्