Skip to content

प्रभु बैंकबाट रश्मी पन्त एकाएक ‘गायब’!, ‘चस्मा र झोला बैंकमै छ’

nmb bank inside
काठमाडौँ । प्रभु बैंकबाट बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त एकाएक गायब भएको खबर छ । प्रहरीको टोली बैंकमा पुन: आएको खबर पछि उनी गायब भएको दाबी कर्मचारीहरुले गरेका छन् ।
‘प्रहरीको टोली आएर रश्मीको खुब खोजी गर्यो । तर भेटेन । रश्मी कहाँ गइन् भन्ने कुरा कसैलाई थाहा छैन ।’ बैंकका एक सिनियर कर्मचारीले भने, ‘ब्याग र झोलाचाहिँ बैंकमै छ । तर रश्मी कहाँ गइन्, कसैले पत्तो पाएको छैन ।
बैंकले भित्रै पुगेर सीसीटिभीसमेत अध्ययन गरेको ती कर्मचारीको दाबी छ । ‘सिसिटिभीमा पनि प्रहरीले रश्मी निस्किएको देखेको छैन । बैंकबाट अहिले प्रहरी बाहिर गईसकेको छ । हामी पनि निस्कियौँ । केहि कर्मचारी भने बैंकमै छन् ।’
उनका अनुसार प्रहरी आएर बैंकको माथिल्लो तहका प्रत्येक कोठामा सर्च गरेको थियो । पन्तलाई नभेटेपछि प्रहरीले उनको घरको लोकेसनसमेत खोजेको थियो । प्रहरी दिउँसो साँढे १२ बजे तिर बैंक पुगेको, र बेलुकी गरी मात्र निस्किएको ती कर्मचारीको दाबी छ।
प्रहरीले पक्रने तयारी गरेपछि रश्मी भागेको चर्चा बैंकभित्र चलिरहेको छ । अहिले पन्तको मोबाइल अफ छ । अन हुँदासम्मको लोकेसन बैंकभित्रै रहेको दाबी प्रहरीले गरेको कर्मचारीको भनाई छ ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्