Skip to content

२ लाख ६० हजार नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड के गरेको हो।

यो बढोत्तरी सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ। कारोबार अघिल्लो दिन पनि सुनले नयाँ रेकर्ड कायम गरेर २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।  सोमबार चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्