काठमाडौं ।नेकपा (एमाले) को अध्यक्ष पदका उम्मेदवारका लागि उम्मेदवारी दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ। मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।
निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै विभिन्न पदका लागि उम्मेदवारी शुल्क निर्धारण गरिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ । केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा रहेका छन् । दुवै नेताले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा उत्रिएका छन्।
दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन् ।एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ ।
मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्