काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउनको लागि भएको बताए ।
उनले भने, हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो । तपाइहरुलाई अनौठो लाग्ला यो स्वभाविक हो । उम्मेद्वारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । पार्टीलाई वास्तबिक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो ।’
त्यस्तै उनले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनव्र्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गर्नकासाथै अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको धारणा राखे ।
यस्तै उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका पृथ्वीसुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको भन्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे ।तयस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चूनावी प्रतिस्पर्धा भए पनि कसैप्रति पूर्वाग्रह नहुने बताउँदै नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएको बताए ।
सामूहिकतामा पार्टीलाई चलाउन लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्