Skip to content

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुँदैन : महेश बर्तौला

nmb bank inside

नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन्। बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले अहिले पनि जनतको प्रिय पार्टी भएको भन्दै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने बताएका छन्  ।

मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले रहेको भन्दै राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकतावद्ध हुने बताएका छन्। साथै उनले निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्ने पनि बताएका छन्। जुनसुकै प्रहार भएपनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्ने बताएका छन्।

बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरुको चाहना कहिल्यै पूरा नहुने पनि बताएका छन्  ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्