काठमाडौँ । सन् २०२६ मा हुने विश्वकपको विजेताले ५ करोड डलर पाउने भएको छ । फिफाले विश्वकपको पुरस्कार राशि घोषणा गर्दै विजेताले ५ करोड डलर पाउने जनाएको हो ।
विश्वकपको कुल पुरस्कार राशि भने ६५ करोड ५० लाख डलर रहेको छ । यसअघि सन् २०२२ मा कुल पुरस्कार राशि ४४ करोड डलर रहेको थियो ।सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ । विश्वकप जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुनेछ । यसपालि विश्वकपमा ४८ टिम सहभागी हुनेछन् । यसअघि सन् २०२२ को विश्वकपमा ३२ टिम सहभागी थिए ।
सन् २०२२ मा विजेता टोली अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै ४ करोड २० लाख डलर पाएको थियो । फ्रान्सले भने ३ करोड डलर पुरस्कार पाएको थियो । यो पटक भने उपविजेता टिमले ३ करोड ३० लाख डलर पाउने फिफाले जनाएको छ । तेस्रो हुने टिमले २ करोड ९० लाख डलर पाउनेछ ।
त्यस्तै, चौथो टिमले २ करोड ७० लाख डलर र विश्वकपमा लिग चरणबाटै बाहिरिने टिमले पनि ९० लाख डलर पाउने भएका छन् । त्यस्तै, विश्वकपमा सहभागी प्रत्येक टिमलाई तयारीका लागि १५ लाख डलर उपलब्ध गराइने फिफाले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्