Skip to content

सिटिजन्स लाइफको ‘बदमासी’ (भाग-२) : नियम मिचेर अभिकर्तालाई कमिसन, बीमा दाबी भुक्तानीमा पनि उग्र ‘कैफियत’ !

nmb bank inside

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले नियम मिचेर अभिकर्तालाई कमिसन दिने गरेको तथ्य बाहिरिएको छ । प्रचलित कानुनी व्यवस्था र बीमा प्राधिकरणको प्रष्ट निर्देशनको धज्जी उडाएर कम्पनीले अभिकर्ताहरुलाई नियमभन्दा बढी कमिसन दिने गरेको पाइएको हो ।

कम्पनीका अभिकर्ताहरुले पनि कम्पनीले आफुलाई नियम बहाना ७ प्रतिशत बढी कमिसन दिने गरेको स्वीकारेका छन् । अभिकर्ताहरुलाई आफ्नो कम्पनीतर्फ लोभ्याउने र पोलिसी सेल्स बढाउनका लागि कम्पनीले यस्तो गैरकानुनी काम गरिरहेको अभिकर्ताहरुको दाबी छ ।

बदमासी स्वीकार्दै कम्पनी भन्छ- ‘हामीले मात्र होइन, अरुले पनि दिन्छन्’

कम्पनीका सिनियर कर्मचारीहरु पनि आफुले मात्र नभई अरु कम्पनीलेसमेत यस्तो बदमासी गरिरहेको दाबी गर्छन् । ‘हामीले मात्र होइन, अरु कम्पनीले पनि यस्तो काम गर्ने गरेका छन् । केहि थप कमिसन दिँदैमा केहि बिग्रिदैन ।’ सिटिजन्स बैंकका एक सिनियर अधिकारी भन्छन्, ‘कानुन ठुलो कि कर्मचारीको मोटिभेसन’ भन्ने कुरा पनि हेर्नुपर्छ ।

तर बीमा क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाहरु भने कानुनभन्दा माथि कोहि पनि हुन नसक्ने दाबी गर्छन् । ‘कानुनभन्दा माथि कोहि हुनै सक्दैन । कानुनविपरित १ रुपैयाँ पनि बढी कमिसन दिनु गलत हो ।’ कानुनका जानकार बिनोद पौडेल भन्छन्, ‘यति उति प्रतिशत भन्ने कुरै हुँदैन नि । कानुनभन्दा बढी एक रुपैयाँ पनि दिईनु गलत हो ।’

यता बीमा प्राधिकरणमा समेत यस विषयमा मौखिक / र केहि लिखित उजुरीसमेत परेका छन् । तर, कम्पनीका सीइओ पोषक पौडेल जीवन बीमक संघका अध्यक्ष भएकै कारण उनलाई प्राधिकरणले यस विषयमा कारवाही गर्ने आँट गरेको छैन । यस विषयमा कारवाहीको छलफल भने प्राधिकरणमा भएको तर पौडेल नेपाल जीवन बीमक संघको अध्यक्ष भएकै कारण उनलाई कारवाही नगरेको स्वयम् बीमा प्राधिकरणका अधिकारीहरु पनि स्वीकार्छन् ।

बीमा दाबी भुक्तानीमा पनि उग्र ‘कैफियत’ !

यता कम्पनीले बीमा दाबी भुक्तानीमा पनि थुप्रै कैफियतपूर्ण काम गरेको भेटिएको छ । कम्पनीको आन्तरिक लेखापरीक्षण, र स्वयम् बीमा प्राधिकरणको इन्सपेक्सनका क्रममा पनि थुप्रै कैफियतहरु भेटिएका हुन् । कम्पनीले कतिपय अवस्थामा बीमा दाबी भुक्तानीमा कैफियतपूर्ण निर्णय गरको पाइएको छ भने, कतिपय बीमाका पोलिसी बेच्दासमेत गलत काम गरेको पाइएको छ । लेखापरीक्षणका क्रममा बैंकको फाइनान्स विभागमासमेत थुप्रै कैफियतहरु भेटिएका थिए । यतिसम्मकि, प्राधिकरणलाई बुझाउने विवरणको तथ्यांकसमेत गलत पठाइएकोसमेत पाइएको छ ।

कम्पनीको बदमासीका खबर आउन थालेपछि सूचना अधिकारीले फोन उठाउनै छाडे !

यता कम्पनीले गरेका बदमासीका खबर एक एक गरी सार्वजनिक हुन थालेपछि कम्पनीका सूचना अधिकारी दिप बहादुर बिसीले फोन नै उठाउन छाडेका छन् । अरु बेला फोनमा कसैले केहि जिज्ञासा राख्दा मिझासिलो पाराले बोल्ने उनले अहिले कम्पनीका बदमासीहरु एक एक गरी बाहिर आउन थालेपछि फोन उठाउन छाडेका हुन् । यस विषयमा पनि कम्पनीको आधिकारिक धारणा लिन हामीले ३ पटक फोन गरेका थियौँ । तर तीन पटक नै उनले हाम्रो फोन उठाएनन् भने कल ब्याकसमेत गरेनन् ।

सिटिजन्स लाइफको बदमासी, झुटो आश्वासन देखाएर बीमा, ग्राहकको सोझोपनको फाइदा उठाएर ठगी प्रयास !

सिटिजन्स लाइफको बदमासी (भाग-३) : बीमा प्राधिकरणलाईसमेत टेर्दैन, नियामकले मागेको विवरण समयमा दिँदैन !, सचेतपत्र बुझ्छ, तर चेत्दैन !

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्