Skip to content

सिटिजन्स लाइफको बदमासी (भाग-३) : बीमा प्राधिकरणलाई समेत टेर्दैन, नियामकले मागेको विवरण समयमा दिँदैन !, सचेतपत्र बुझ्छ, तर चेत्दैन !

nmb bank inside

काठमाडौँ । नेपालका जीवन बीमकहरुको संगठनकै अध्यक्ष रहेका पोषक पौडेल नै प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी सिटिजन्स लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणलाईसमेत नटेर्ने गरेको खुलासा भएको छ । प्राधिकरणले तोकेको समयमा आवश्यक विवरणहरु नबुझाएको र नियामकीय मापदण्ड पूरा नगरेको भन्दै कम्पनी कारवाहीमा परेपछि यस्तो तथ्यको खुलासा भएको हो ।

बीमा प्राधिकरण स्रोतले सिटिजन्स लाइफ इन्स्योरेन्स नियामकीय कारवाहीमा परेको पुष्टी गरेको छ । ‘कम्पनीले नियामकीय मापदण्ड पूरा नगरेपछि हामीले कम्पनीलाई सचेतपत्र पठाएका हौँ । यो एक खालको कारवाही नै हो ।’ प्राधिकरण स्रोतले भन्यो, ‘सचेतपत्र बुझेपछि कम्पनी चेतेको देखिँदैन । फेरी एक पटक सचेत गराउने र त्यसपछि कारवाही गर्ने विषयमा आन्तरिक छलफल भईरहेको छ ।’

सिटिजन्स लाइफको ‘बदमासी’ (भाग-२) : नियम मिचेर अभिकर्तालाई कमिसन, बीमा दाबी भुक्तानीमा पनि उग्र ‘कैफियत’ !

बीमा प्राधिकरणलाईसमेत टेर्दैन, नियामकले मागेको विवरण समयमा दिँदैन !

प्राधिकरणका अनुसार कम्पनीले नियामकलाई बुझाउनुपर्ने विवरणसमेत समयमा नबुझाएपछि र अन्य नियामकीय मापदण्ड पनि पूरा नगरेको पाइएपछि केहि समय अघि मात्रै कम्पनीलाई सचेतपत्र बुझाएको थियो । सो सचेतपत्रमा कम्पनीलाई थप कारवाही किन नगर्ने ? भनेरसमेत प्रष्टीकरण सोधिएको थियो । तर, यति गर्दा पनि कम्पनी नचेतेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणमा शरद ओझा अध्यक्ष हुँदा नै सिटिजन्स लाइफले सचेतपत्र बुझेको पाइएको छ । नियामकीय मापदण्ड पूरा नगरेको पाइएपछि प्राधिकरणले सिटिजन्ससहितका कम्पनीहरुलाई सचेतपत्र बुझाएको थियो । तर आफ्ना कमजोरीलाई इण्डस्ट्रीकै समस्या हो भन्ने भाष्य निर्माण गरेर लुकाउन खोज्ने, नियामकीय मापदण्ड पनि नमान्ने, मागेको विवरण समयमा नबुझाउने गर्न थालेपछि थप कारवाहीका विषयमा नियामक प्राधिकरणमा थप छलफल सुरु भएको प्राधिकरण स्रोतको दाबी छ ।

सिटिजन्स लाइफको बदमासी, झुटो आश्वासन देखाएर बीमा, ग्राहकको सोझोपनको फाइदा उठाएर ठगी प्रयास !

सम्पर्कमै आउन छाडे ‘नाम मात्रका सूचना अधिकारी’

सिटिजन्स लाइफमा भईरहेका बदमासीबारे निरन्तर खबर आउन थालेपछि कम्पनीका ‘नाम मात्रका सूचना अधिकारी’ दिप बहादुर बीसी सम्पर्कमै आउन छाडेका छन् । कम्पनीलाई बीमा प्राधिकरणले सचेतपत्र थमाएको विषय र कम्पनीले नियामकीय मापदण्ड पूरा नगरेको विषयमा प्रश्न गर्न हामीले बिसीलाई ३ पटकसम्म सम्पर्क गर्यौँ । तर, न उनले फोन उठाए, न कल ब्याक गरे । उनले केहि निश्चित मिडियाकर्मीको नम्बर सेभ गरेका छन् । तिनैका मात्र फोन उठाउने उनी कम्पनीबारे उठेका प्रश्नसँग भने भागिरहेका छन् ।

सिटिजन्स लाइफको बदमासी (भाग-४) प्रतिक्षा गर्नुहोस्

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्