काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सका असिस्टेन्ट सीइओ गोकर्ण प्रसाद दुवाडीको सर्टिफिकेट नक्कली भन्दै छानविन सुरु भएपछि उनले कम्पनी नै छाडेको पाइएको छ । नक्कली सर्टिफिकेटको बात लागेपछि फौजदारी कारवाही हुने डरले उनले जागिर नै छाडेको पाइएको हो ।
उनी एकवर्ष अघि मात्रै हिमालयन एभरेष्ट इन्स्योरेन्सको असिस्टेन्ट सीइओका रुपमा नियुक्त भएका थिए । तर उनको सर्टिफिकेट नक्कली भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि केन्द्रले अनुसन्धानका लागि बीमा प्राधिकरणलाई लेखी पठाएको थियो । त्यसपछि बीमा प्राधिकरणले सोको अनुसन्धान सुरु गरेको थियो ।
बीमा प्राधिकरणले पनि सो फाइल हाल अनुसन्धान भईरहेको पुष्टी गरेको छ ।
प्राधिकरणले उनी मात्र होइन, उनलाई नक्कली सर्टिफिकेटका आधारमा नियुक्ति दिन सहयोग गर्ने कम्पनीका अध्यक्ष र सीइओ विरुद्ध पनि कस्तो कारवाही गर्न सकिन्छ भन्ने विषयमा आन्तरिक छलफल सुरु गरेको छ ।
प्राधिकरणले अनुसन्धान सकेर त्यसको जवाफ राष्ट्रिय सतर्कता केन्द्रलाई पठाउने र उनलाई पनि कारवाही गर्ने तयारी गरिएको प्राधिकरण स्रोतले दाबी गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्