Skip to content

राष्ट्र बैंकको कारवाहीमा परेपछि एनआईसी एशिया बैंकका अध्यक्षले दिए राजिनामा, ‘बैंकको उँधोगतिका मुख्य कामाण्डर’

nmb bank inside

काठमाडौं । नेपाल राष्ट्र बैंकले कारवाही गरेपछि एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले अध्यक्ष  पदबाट राजीनामा दिएका छन् । संचालक समितिले उनको राजिनामा स्वीकृतसमेत गरिसकेको छ ।

राष्ट्र बैंकले कारवाही गरेपछि राजिनामा दिएको भए पनि उनले व्यक्तिगत कारण र स्वास्थ अवस्था अगाडी देखाएका छन् । उनी लामो समयदेखि एनआईसी एशिया बैंकको सञ्चालक समितिमा थिए । बैंकलाई भद्रगोल बनाउने अपजशको मुख्य भागीदारको रुपमा चर्चा कमाएका उनको राजीनामापछि अब बैंकको नेतृत्व कसले सम्हाल्ने छ भन्ने विषयमा धेरैको चासो बढेको छ ।

बैंकले आगामी सञ्चालक समितिको बैठकबाट नयाँ अध्यक्षको टुंगो लगाउने सम्भावना छ । उनलाई बैंकका अन्य संचालकले समेत उनलाई ‘बैंकको उँधोगतिका मुख्य कामाण्डर’का रुपमा चित्रण गरेका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्