काठमाडौँ । नबिल बैंकले झन्डै १ अर्व रुपैयाँ बराबरको मुद्धा जिएत्को छ । बैंकले त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाको ठेक्का रद्द भएपछि उत्पन्न काउन्टर ग्यारेन्टी विवादमा चिनियाँ अदालतमा दायर गरेको मुद्दा जितेर ७४ लाख ५० हजार अमेरिकी डलर (करिब १ अर्ब ४ करोड रुपैयाँ) फिर्ता ल्याएको हो ।
चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपले ठेक्का सम्झौता तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइटले काउन्टर ग्यारेन्टी भुक्तानी दिन अस्वीकार गरेको थियो, जसपछि नबिल बैंकले चीनमा मुद्दा दायर गरेको थियो । २०७४ फागुन ३० गते तीन वर्षमै आयोजना सम्पन्न गर्ने गरी सुइफासँग ठेक्का सम्झौता भएको थियो । तर २०७७ फागुनसम्म काम नसकिएपछि विभिन्न बहानामा निर्माण रोकिन गयो ।
अन्ततः २०८० मंसिर ३० गते त्रिशूली जलविद्युत् कम्पनीले ठेक्का रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो । ठेकेदार कम्पनीले चीनको अदालतबाट अन्तरिम आदेश लिएकाले चिनियाँ बैंकले भुक्तानी रोकेको थियो । पछि अन्तिम सुनुवाइ र पुनरावेदन दुवैमा नबिल बैंकको पक्षमा फैसला आएपछि दुई वर्षपछि उक्त रकम भुक्तानी भएको नबिल बैंकले जानकारी दिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्