Skip to content

विदेश जाँदा गरीने श्रमिककाे स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

nmb bank inside

काठमाडौं । सरकारले वैदेशिक राेजगारीमा जाने श्रमिककाे स्वास्थ्य परीक्षण शुल्क यथावत गरेकाे छ  ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरेका हुन् ।

यसअघि स्वास्थ्य परिक्षण शुल्क ६ हजार ५ सय रहेकाेमा तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले शुल्क वृद्धि गराएर ९ हजार ५०० पुर्‍याएका थिए । तर साे निर्णयकाे चाैतर्फि विराेधभए पछि  शुल्क कार्यान्वयनमा आउन सकेको भने थिएन। शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भइरहेपछि वर्तमान सरकारले उक्त शुल्क वृद्धि खारेज गरेको हाे ।

यो सँगै अब वैदेशिक राेजगारीमा जाने श्रमिककाे स्वास्थ्य परिक्षण शुल्क यथावत् नै रहने भएकाे छ ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्