Skip to content

सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो।

यो बढोत्तरी सँगै आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ।  कारोबारको अघिल्लो दिन आइतबार दुई लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि १३० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। आज चाँदी ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्