Skip to content

दिपेन्द्र अग्रवालको केसमा लुकेको प्रतिशोध ! : ‘विरोध मथ्थर बनाउन हमालले तयार गरे, विरोध हदै भएपछि श्रेष्ठले सीआईबी पठाईदिए’

nmb bank inside

काठमाडौँ । दिपेन्द्र अग्रवाल सेयर बजारका बिग प्लेयर । कतिले उनलाई फाइनान्स आर्मीका सेनापति भन्छन् कतिले सेयर बजारका महाराजा । तर उनै ‘महाराजा’ले सेयर बजारमा गैरकानुनी कारोबार गरेको भन्दै अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको जाहेरीले सीआईबीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो ।

के हो कसुर ?
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई लगानीकर्तालाई उक्साउने, झुटो कारोबार गर्ने र सेयरको मूल्य कृत्रिम रूपमा बढाएको आरोप अग्रवालमाथि छ । नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अनुसन्धान अनुसार अग्रवालले आफूले नियन्त्रण गर्ने कम्तीमा १५ वटा टीएमएस खाता प्रयोग गरी आपसी खरिद–बिक्री गरेको देखिएको बोर्डको दाबी छ । आफन्त र आफू निकट व्यक्ति तथा संस्थाको नाममा रहेका ती खाताबाट गरिएको कारोबारमा सेयरको वास्तविक स्वामित्व भने परिवर्तन नभएको र यस्ता झुटा कारोबारमार्फत सेयरको मूल्य बढाइएको धितोपत्र बोर्डको दाबी छ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनले जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीको सेयरमा भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाइएको निष्कर्ष निकालेको छ । अग्रवालले सामाजिक सञ्जालमार्फत ‘सर्किट लाग्ने’, ‘हकप्रद आउने’ जस्ता दाबी गर्दै लगानीकर्तालाई प्रभावित पार्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

बोर्डका अनुसार अग्रवाल र तीन ब्रोकरको मिलेमतोमा यस्तो गैरकानुनी काम भएको छ । १५ वटा टिएमएसको प्रयोग गरी सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल बैंक, पोखरा फाइनान्स, पिपुल्स पावरलगायतका कम्पनीको सेयरमा कृत्रिम कारोबार गरिएको र सोको आधारमा कारोबार गरेको भेटिएको बोर्डले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

बोर्डले अग्रवालले गरेको कार्यलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७(ग) अन्तर्गतको कसुर दाबी गरेको छ । उक्त ऐन अनुसार झुटा वा भ्रामक विवरण प्रकाशन गर्ने व्यक्तिलाई तीन लाख रुपैयाँसम्म जरिबाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

बोर्डको प्रतिशोध वा फेक ट्रेड ?
यसो त कतिपयले यसलाई बोर्डको प्रतिशोध भनेका छन् । यो प्रतिवेदन तत्कालीन अवस्थामा रमेश हमाल अध्यक्ष हुँदा नै तयार भएको थियो । त्यतिबेला अग्रवालले हमालको खुब बिरोध गर्थे । आफ्नो बिरोध मथ्थर बनाउन हमालले सो अनुसन्धान गरेर राखेको चर्चा त्यतिबेला नै चलेको थियो । अग्रवालको विरोध मथ्थर भएपछि सो फाइल अघि बढेको थिएन । पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको विरोध गर्ने काममा अग्रवाल निकै अग्रसर थिए । अग्रवालकै नेतृत्वमा जेनजीका नाममा विभिन्न लगानीकर्ताहरु पनि बोर्ड जाने गरेका थिए । त्यसपछि हमालले अगाडी नबढाएको फाइल श्रेष्ठले सीआईबी पठाएको स्वयम् बोर्डकै अधिकारीहरु बताउँछन् ।

यसरी ट्रेड गर्ने अग्रवाल पहिलो व्यक्ति भने होइनन् । यसै गरेर धेरै कम्पनीको सेयर मूल्य निकै माथि पुर्याउने र सोझासाझालाई भिडाउने क्रम नेपाली सेयर बजारमा धेरै अघिदेखि जारी छ ।
यसो त बोर्डले यसअघि सीआईबी नपठाई यस्तो केसमा आफैं कारवाही गर्ने र आफैं अदालतमा मुद्धा हाल्ने गर्थ्यो । सीआईबीले यस अघि ज्ञानेन्द्र लाल प्रधान र गुरु न्यौपानेको केसमा आफैँ अदालत गएको थियो ।  बोर्डले सन्दीप जलानको ब्रोकर, ब्रोकर नम्बर ५८ को मिलेमतोमा एनआरएन कम्पनीमा भएको भनिएको गैरकानुनी कारोबारको समेत अनुसन्धान गरिरहेको छ । तर, सो फाइलमा कैफियत भेटिए बोर्डले सीआईबी नपठाउने र आफैँले कारवाही गर्ने तयारी गरेको छ । यसले पनि व्यक्ति हेरेर बोर्डले प्रतिशोध त साँधेको छैन ? भन्ने प्रश्नसमेत उब्जिएको छ ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्