Skip to content

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, तोलामै ५ हजार ५ सयले बढ्यो

nmb bank inside

काठमाडौँ। नेपालि बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।  यो बढोत्तरी सँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला दुई लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला हजार ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्