Skip to content

बिहिबार सार्वजनिक बिदा, सेयर बजार अब आइतबार मात्र खुल्ने

nmb bank inside

काठमाडौँ । बिहिबार सेयर बजार बन्द हुने भएको छ । ‘क्रिसमस डे’ को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बिहिबार सेयरबजार पनि बन्द रहने भएको हो । यो सँगै सेयर बजार अब आइतबार मात्र खुला हुनेछ ।

क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएकाे छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।

२०८२ पुस १० गते बिहीबार इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए पनि बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार सो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्