Skip to content

तत्काल निर्वाचनको कुनै सम्भावना छैन : ओली

nmb bank inside

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् ।

उनले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए । उनले  प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाए ।

अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गरे । उनले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गरे ।

जेन–जीका नाममा नवयुवाहरुको नाम बेचेर केही छट्टु टाठाबाठाहरुले खाइरहेको टिप्पणी समेत गरेका छन्  ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्