Skip to content

माछापुच्छ्रे बैंकबाट घुमाउरो चन्दा लिएको विषय उठेपछि विश्वप्रकाश शर्माले गरे चुनाव नलड्ने घोषणा !

nmb bank inside

काठमाडौँ । आफ्ना साथी सीइओ भएको मौकामा माछापुच्छ्रे बैंकबाट टिभी कार्यक्रमका नाममा घुमाउरो चन्दा लिएको आरोप लागेका काँग्रेस नेता विश्वप्रकाश शर्माले चुनाव नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी चुनाव आफु नलड्ने घोषणा गरेका हुन् ।

शर्मालाई पार्टीले झापा-१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।

तर चुनावका लागि एक बर्ष अगाडी देखि नै चन्दा संकलन गरेको लगायतका आरोप लागेपछि उनीमाथि छानविन गर्नुपर्ने विषय काँग्रेस भित्र उठेको थियो । यहि कारण उनले आफु उम्मेदवार नबन्ने घोषणा गरेको उनी निकट स्रोतको दाबी छ । उनले भने यस विषयमा प्रतिक्रिया नै दिन चाहिरहेका छैनन् ।

शर्माका साथी सन्तोष कोइराला हाल माछापुच्छ्रे बैंकमा सीइओ छन् । कोइराला सीइओ भएपछि उनले एक टिभी कार्यक्रमका नाममा विश्व प्रकाशलाई चन्दा दिएको भन्दै बोर्डमै समेत प्रश्न उठेको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्