काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
कारोबारको अघिल्लो दिन शुक्रबार २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यस दिनका लागि प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य एकैदिन तोलामा २७० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यो बढोत्तरी संगै आजका अलागी चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको दिन शुक्रबार प्रतितोला ४ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्