Skip to content

उज्यालो नेपाल पार्टी र प्रलोपा पार्टीबीच एकताको तयारी

nmb bank inside

काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताको तयारी गरिएको छ । दुवै पार्टीका वार्ता टोलीबीच पटक-पटक छलफल भएपछि आइतबार साँझ ६ बजे शीर्षतहका नेतासहितको छलफल हुने उज्यालो पार्टीले जनाएको हो।

यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, रास्वपामा विलय हुने गरी नजाने निर्णय गरेको थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्‌का सदस्य सुदन किराँतीले पनि यसअघि पटकपटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्