Skip to content

अन्य दलसँग एकता नभएपछि समानुपातिकको सुची बनाउनेमा जुट्यो उज्यालो नेपाल पार्टी

nmb bank inside

काठमाडौँ। उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ । अन्य दलसँग एकता प्रयास असफल भएपछी समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको हो।

उर्जामन्त्री कुलमान घिसिङ्ग नेतृत्वको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि संवाद गरेको थियो । तर अन्य पार्टीहरु सँग कुरा नमिलेपछि उनेपाले यस्तो निर्णय गरेको हो।

बालेनसँग एकता गर्ने पहिलो प्राथमिकता राखेको उनेपाले बालेन रास्वपासँग मिलेपछि पनि तिनबिच छलफल भएको थियो। तर पदीय बाँडफाँटमा कुरा नमिलेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपमा दिन लागेको हो ।

निर्वाचन आयोगले समानुपातिक तर्फका नाम पेश गर्ने अन्तिम दिन आज तोकेको छ । दलहरूले समावेशीताको आधारमा ११० उम्मेदवाको सूची बुझाउनुपर्ने हुन्छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्