काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा दिएको भन्ने झुठा समाचारहरुप्रती आपत्ती जनाएकी छिन । रानाले सरकारी गाडी फिर्ता गरेको विषयलाई राजीनामा दिएको भन्ने झुठा समाचार लेखिएकोभन्दै आपत्ति जनाएकी हुन्।
उपसभामुख रानामगरले सरकारले गर्न नसकेको काम आफूले गर्दा पनि त्यसलाई ‘तमासा’ बनाउने प्रयास भइरहेको आरोप लगाइन् । जनतालाई राम्रो सन्देश दिनका लागि गाडी बुझाएको भएपनि आफूले सुरुवातीमा पदभार ग्रहण गरेकै बेला प्रयोग गरिरहेको जस्तै अवस्थामा गाडी फिर्ता गर्न दबाब दिइएको उनले बताइन् ।
उनले आफूले देशभर बालबालिकाका लागि आवास, विद्यालय निर्माण र विद्यालय सञ्चालनजस्ता काम गरेको दाबी गर्दै त्यसलाई बेवास्ता गरेर आलोचना गरिनु दुःखद भएको पनि बताएकी छिन ।
संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म कायम रहने व्यवस्था रहेको उल्लेख गर्दै रानामगरले सोही प्रावधानअनुसार राजीनामा नदिई सरकारी सुविधा मात्रै नलिएको स्पष्ट पारिन् ।
उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकाले समानुपातिक तर्फको मनोनयन दर्ताको दिनदेखि नै उनले सेवा–सुविधा त्यागेको बताएकी हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्