Skip to content

मंगलबार ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। मंगलबार सुनको मूल्य ह्वातै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालि बजारमा सुनको मूल्य तोलामै ७ हजार ९ सय रुपैयाँले घटेको हो। यो गिरावटसँगै आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ३ सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ। कारोबारको अघिल्लो दिन चाँदी प्रतितोला  ४हजार ८सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्