काठमाडौँ । पुष १५ गते आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारले यही पुस ११ गते गरेको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो ।
च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय च्याउ दिवसको सुरुवात गरिएको हो । नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको छ ।
मन्त्रालयका अनुसार नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।